काठमाडौँ, १ माघ । झापाको कनकाई नगरपालिका–३, नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।
प्रहरीका अनुसार आज बिहान मे१च ४५१५ नम्बरको मालवाहक गाडी र ना५ख २१४९ नम्बरको बस एकापसमा ठोक्किँदा पिकअपमा सवार १८ महिनाका आरुत राजवंशीको मृत्यु भएको हो ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । दुर्घटनापछि फरार बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मालवाहक गाडीका चालक बिर्तामोड नगरपालिका–६ का ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






