इरानसँग वार्ताको सम्भावना सकियो : राष्ट्रपति ट्रम्प

एजेन्सी, ३० पौष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको सम्भावना सकिएको बताएका छन् । उनले सहयोगको वाचासहित विरोध प्रदर्शन जारी राख्न इरानका आन्दोलनकारीलाई आग्रह पनि गरेका छन् । 

‘इरानी राष्ट्रवादीहरू आन्दोलन जारी राख्नुस् । हत्याराको नाम सुरक्षित राख्नुस्,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मा लेखेका छन्, ‘उनीहरूले ठूलो मूल्य चुकाउनुपर्नेछ । सहयोग बाटोमै छ, एमआईजीए ।’ एमआईजीएको अर्थ ‘मेक इरान ग्रेट अगेन’ हो ।

यसअघि इरानमा सम्भावित हस्तक्षेपबारे अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले ट्रम्पलाई ब्रिफिङ गरेका छन् । त्यसमा प्रयोग हुने सैन्य उपकरणबारे पनि उनीहरूले जानकारी दिएका छन् । सीबीएस न्युजले रक्षा मन्त्रालयका दुई अधिकारीमार्फत यसको पुष्टि गरेको हो ।

इरानमा हमला गर्न लामो दूरीको मिसाइल प्रहारलाई विकल्पका रूपमा लिइएको छ । साइबर अपरेसन र मनोवैज्ञानिक अभियानलाई प्रतिक्रियास्वरूप अघि लैजान सकिने पनि पेन्टागनका अधिकारीहरूले राष्ट्रपति ट्रम्पलाई जानकारी गराएका छन् । यसअघि इरानमा थप प्रदर्शनकारी मारिएमा अमेरिकाले सैन्य हस्तक्षेप गर्ने दाबी ट्रम्पले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ माघ । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार महाकाली नगरपालिका–२ दल्लेख धार

काठमाडौँ, १ माघ । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला

काठमाडौँ, १ माघ । बजारमा पिँडालु, तरुल र सखरखण्डको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले

काठमाडौँ, १ माघ । लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने चारजना चालकलाई पक्राउ गरिएको छ ।  उपत्यका ट्राफिक प्रहरीको टोलीले बुधबार