बेथानचोकमा नागरिक आरोग्य सेवा सञ्चालनमा

काभ्रे, २६ पौष । ढुंखर्क बेथानचोक गाउँपालिकाको नागरिक आरोग्य सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयतलाई क्रमिकरुपमा आयुुर्वेद स्वास्थ्यतर्फ उन्मुुख गर्न गाउँपालिकाले नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । एलोपेथिक उपचार भन्दा आयुुर्वेदिक उपचार स्वास्थ्य बद्र्धक हुने भन्दै गाउँपालिकाले नागरिक आरोग्य सेवा सञ्चालमा ल्याएको गाउँपालिकाले जनाएको छ ।

केन्द्रमा पञ्चकर्म तथा पूर्वकर्मको शुभारम्भ भएको छ । पञ्चकर्म तथा पूर्वकर्म सेवाको यसै साता गाउँपालिका अध्यक्ष भगवान अधिकारीले उद्घाटन गर्दै आयुर्वेदको विशिष्ट चिकित्सा पद्धती पञ्चकर्मको लाभ लिन सरोकारवाला सबैलाई आग्रह गर्नुभयो । शरीरको शुद्धिकरण गर्न एवं रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक विधी अब गाउँघरमै पाइने भएकोले सेवा लाभ लिन सबैलाई अनुुरोध गर्नु भयो ।

जडीबुटीको प्रयोग, योग र ध्यान मात्र नभएर पंचकर्मद्धारा शरीर शुद्ध गराई मानिसको समग्र स्वास्थ्य प्रवर्धन गर्ने एवम् जीवनशैलीमा परिवर्तन गराई स्वस्थ समाजको निर्माण गर्ने अभियानको आयुर्वेदको उच्च स्थान रहेको उहाँले बताउँदै स्वस्थ समाज निर्माणको अभियानमा गाउँपालिकाले लगानी गरिरहेको अध्यक्ष अधिकारीको भनाई थियो ।

बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीलगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधहरु राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, संघसंस्थाका प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुको उपस्थिति रहेको थियो कार्यक्रमको उद्घाटन पश्चात् उपलब्ध सेवा बारे जिल्ला आयुर्वेद कार्यलयकी वरिष्ठ वैद्य जानुका भट्टराईले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा ढुंखर्क स्वास्थ्यचौकी प्रमुख किरण प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत्

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्

काठमाडौँ, २२ असोज । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा विद्यार्थीको नतिजा १ महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन् ।