सन्दीप लामिछाने राजशाही वारियर्सको प्लेइङ-११ मा फर्किए

काठमाडौँ, २५ पौष । नेपालका लेग स्पिनर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बीपीएल) को खेलमा राजशाही वारियर्सको प्लेइङ-११ मा फर्किएका छन् ।

पहिलो र दोस्रो खेलमा प्लेइङ–११ परेका सन्दीप त्यसपछि लगातार तीन खेलमा बेन्चमा रहेका थिए । सन्दीपले यसअघिका दुई खेलमा ३ विकेट लिएका थिए ।

बीपीएलमा राजशाही वारियर्सले आज आफ्नो छैटौँ खेलमा चत्तोग्राम रोयल्ससँग खेलिरहेको छ । सिलहटमा टस हारेर राजशाहीले ब्याटिङ गरिरहेको छ । अङ्क तालिकामा राजशाही ५ खेलमा ८ अङ्कसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ माघ । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार महाकाली नगरपालिका–२ दल्लेख धार

काठमाडौँ, १ माघ । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला

काठमाडौँ, १ माघ । बजारमा पिँडालु, तरुल र सखरखण्डको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले

काठमाडौँ, १ माघ । लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने चारजना चालकलाई पक्राउ गरिएको छ ।  उपत्यका ट्राफिक प्रहरीको टोलीले बुधबार