च्याउको तरकारी खाँदा ४ जना बिरामी

गोरखा, २२ पौष ।  परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् ।

सोमबार साँझ घर नजिकै रहेको परालको थुप्रो (टौवा)मा उम्रेको च्याउ टिपेर तरकारी खाएपछि मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हीरा पहरीको परिवार विषालु च्याउ खाएर बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी हुनेमा आमा हीरा पहरीसहित १२ वर्षीय छोरा किसान, छ वर्षीय छोरा हिमाल र पाँच वर्षीया छोरी सुजिता बिरामी परेका हुन् ।

सबैलाई उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल पुर्याएको र अहिले सोही अस्पतालमा उनीहरूको उपचार भइरहेको बताइएको छ । बिरामी सबै बोल्न सक्ने अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ माघ । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार महाकाली नगरपालिका–२ दल्लेख धार

काठमाडौँ, १ माघ । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला

काठमाडौँ, १ माघ । बजारमा पिँडालु, तरुल र सखरखण्डको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले

काठमाडौँ, १ माघ । लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने चारजना चालकलाई पक्राउ गरिएको छ ।  उपत्यका ट्राफिक प्रहरीको टोलीले बुधबार