त्रिवि उपकुलपतिको कार्यकक्षमा अखिल क्रान्तिकारीको ताला

काठमाडौँ, १८ पौष । नेपाली कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिवि उपकुलति प्रा.डा. दीपक अर्यालको कार्यकक्षमा ताला लगाएको छ ।

चारवटा केन्द्रीय विभागको शुल्क समायोजनको माग राखेर क्रान्तिकारीले ताला लगाएको जनाएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन विभागको शुल्क समायोजना हुनुपर्ने माग क्रान्तिकारीले राखेको छ ।

विगतको सहमति अनुसार शुल्क समायोजना नभएकाले ताला लगाइएको क्रान्तिकारी त्रिवि अध्यक्ष दिनेश ऐरले जारी गरेको विज्ञप्तिमा भनिएको छ । शुल्कको विषयलाई लिएर क्रान्तिकारीले गत साउनमा पनि आन्दोलन गरेको थियो । शुल्क घटाएर १ लाख १० हजार कायम गर्न क्रान्तिकारीले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ माघ । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार महाकाली नगरपालिका–२ दल्लेख धार

काठमाडौँ, १ माघ । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला

काठमाडौँ, १ माघ । बजारमा पिँडालु, तरुल र सखरखण्डको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले

काठमाडौँ, १ माघ । लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने चारजना चालकलाई पक्राउ गरिएको छ ।  उपत्यका ट्राफिक प्रहरीको टोलीले बुधबार