मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

काठमाडौँ, १८ पौष । अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका निम्ति बन्द गरिएको छ ।

माथिल्लो मुस्ताङका शैक्षिक संस्था हिउँदयाममा घुम्ती कक्षा सञ्चालन गर्न बेँसीमा झारिन्छ । तल्लो र मध्य मुस्ताङका शैक्षिक संस्था हिउँदयाममा बन्द गरिन्छ ।

अत्यधिक चिसो बढेसँगै यहाँका तीन पालिकामा सञ्चालित सरकारी सामुदायिक, संस्थागत र गुम्बा विद्यालयमा जाडो छल्न दुई महिनाका निम्ति हिउँदे बिदा गरिएको शिक्षा विकास तथा समन्वय एकाइका कार्यालय प्रमुख रामेश्वर लामिछाने जानकारी दिए ।

उनका अनुसार, माथिल्लो मुस्ताङका विद्यालय अत्यधिक चिसोका कारण जाडो छल्न कात्तिकअगावै घुम्ती कक्षा चलाउन बेँसीमा झारिएको छ । बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका शैक्षिक संस्था पुस १५ गतेदेखि बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ माघ । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार महाकाली नगरपालिका–२ दल्लेख धार

काठमाडौँ, १ माघ । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला

काठमाडौँ, १ माघ । बजारमा पिँडालु, तरुल र सखरखण्डको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले

काठमाडौँ, १ माघ । लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने चारजना चालकलाई पक्राउ गरिएको छ ।  उपत्यका ट्राफिक प्रहरीको टोलीले बुधबार