आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गर्नुपर्छ : मन्त्री गाैतम

काठमाडौँ, ११ पौष । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् ।

नरदेवीस्थित आयुर्वेद चिकित्सालयको आज अवलोकनपश्चात् उनले देशैभर रहेका आयुर्वेद स्वास्थ्य संस्थाको रिफर (प्रेषण) केन्द्रका रूपमा विकास गर्नुपर्ने बताइन् । आयुर्वेद चिकित्सालयलाई अत्याधुनिक, सुविधासम्पन्न स्वास्थ्य संस्थाका रूपमा विकास गर्नेतर्फ सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले योग र ध्यानलाई आयुर्वेद उपचारसँगै लैजान सुझाव दिइन् ।

उनले भनिन्, “आयुर्वेदको प्रभावकारी र गुणस्तरी उपचार केन्द्रका रूपमा यसलाई विकास गर्नुपर्छ । आयुर्वेदलाई पनि बिमामा जोड्नेमा प्रयास गर्नेछु ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत्

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्

काठमाडौँ, २२ असोज । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा विद्यार्थीको नतिजा १ महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन् ।