रायो सागमा भेटियो ९९ प्रतिशत विषादी

काठमाडौँ, ८ पौष । काठमाडौँमा उत्पादित रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ ।

बिक्रीका लागि कालीमाटी बजारमा आज ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा रायो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोग गर्न पूर्ण अयोग्य रहेको जनाइएको छ ।

सरकारले  अर्गानोफस्फेटमा प्रतिशत दर ३५ भन्दा कम हुँदा मात्रै उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ।

यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित