देशभर एचपीभी खोप लगाइँदै

काठमाडौँ, ८ पौष । सरकारले देशभर पाठेघर क्यान्सरविरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम हप्तादेखि एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार कल्याण महाशाखा र यूनिसेफ नेपालको प्राविधिक सहयोगमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार एचपीभी खोप कार्यक्रमका लागि तयारी भइरहेको र खोप दिने समयमा चुनाव तथा चाडपर्वलगायतबाट कार्यक्रम प्रभावित हुन सक्नेतर्फ ध्यानमा राखेर काम गरिने बताए ।

माघको अन्तिमदेखि शुरु गरेर फागुनको पहिलो हप्ता अभियान सम्पन्न गर्ने योजनासहित तयारी भइरहेको र यसबारे थप जानकारी र मिति छिट्टै सार्वजनिक गरिने डा. गौतमले बताए । कक्षा–६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ ।

गएको वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत झन्डै १७ लाख किशोरीलाई खोप दिएको थियो । गएको वर्ष दुई मात्राको खोप रहेकामा यस वर्ष भने एक मात्रा मात्र दिइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत्

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्

काठमाडौँ, २२ असोज । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा विद्यार्थीको नतिजा १ महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन् ।