बालेनले ल्याए ‘आम नेपाली बुवा’

काठमाडौँ, २९ मंसिर । मेयर बालेन शाहको आवाजमा फिल्म ‘झरीपछिको इन्द्रेणी’ को शीर्षगीत ‘आम नेपाली बुवा’ युट्युबमा सार्वजनिक गरिएको छ ।

आइतबार बेलुका बालेनको आफ्नै युट्युब च्यानलमा गीत रिलिज भएको हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ लाई र्‍याप शैलीमा गीत कम्पोज गरिएको छ ।

र्‍याप गायन र लिरिक्स बालेनकै छ । दीक्षा उप्रेतीको कोरस गायन छ । बालेनले यो गीत हालै दिवंगत भएका आफ्ना बुवा डा. रामनारायण शाहप्रति समर्पित गरेका छन् ।

यो गीतको मौलिक संगीतकार चाहिँ रञ्जित गजमेर हुन् भने ओर्जिनल गायक रविन शर्मा हुन् । भिडियोमा फिल्मका दृश्यलाई समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ पौष । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका

काठमाडौँ, १ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै वर्गका नागरिकलाई प्रभाव र

काठमाडौँ, १ पौष । नेकपा एमालेको जारी एघारौं महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ । केन्द्रीय निर्वाचन आयोगले मनोनयन

काठमाडौँ, १ पौष । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेट गरेका हुन् । आज सभापति देउवा