आजको मौसम

काठमाडौँ, २९ मंसिर । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार केही प्रदेशमा आंशिक बदली भए पनि आज देशभर मुख्यतया मौसम सफा रहनेछ । 

आज दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

यसैबीच, बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो बढेर अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ । 

त्यस्तै आज राति देशभर मौसम मुख्यतया सफा रहनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ पौष । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका

काठमाडौँ, १ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै वर्गका नागरिकलाई प्रभाव र

काठमाडौँ, १ पौष । नेकपा एमालेको जारी एघारौं महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ । केन्द्रीय निर्वाचन आयोगले मनोनयन

काठमाडौँ, १ पौष । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेट गरेका हुन् । आज सभापति देउवा