बलियो परमाणुस्थल बनाउने इरानको घोषणा

एजेन्सी, १७ कार्तिक । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले आइतबार देशका परमाणु केन्द्रहरूको निरीक्षण गरेका छन् ।

त्यसक्रममा उनले ध्वस्त भवनलाई पहिलेभन्दा धेरै बलियो बनाउने घोषणा गरेका त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

भवन भत्काइँदैमा पछि नहट्ने बताएका उनको आधिकारिक वेबसाइटमा पोस्ट गरिएको एक भिडियोमा उल्लेख छ । इरानी राष्ट्रपतिले परमाणु हतियार बनाउने आफ्नो देशको कुनै मनसाय नरहेको पनि दोहोर्‍याए ।

इरानले सधैँ शान्तिपूर्ण उद्देश्यका निम्ति परमाणु कार्यक्रम चलाइरहेको उनले बताए । तर, पश्चिमा देशले यो कार्यक्रमको पछाडि उसको मनसाय परमाणु हतियार विकास गर्नु रहेको शंका गर्दै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुनमा गरिएका हमलाबाट इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा ध्वस्त भएको बताएका थिए । तर, कति क्षति भयो भन्ने अझै स्पष्ट हुन सकेको छैन । ट्रम्पले ती परमाणुस्थल फेरि सुरु गरिए नयाँ आक्रमणको आदेश दिने चेतावनी दिँदै आएका छन् ।

इरानी राष्ट्रपतिको पछिल्लो घोषणा लामो समयदेखि इरान र अमेरिकाबीच पुलको काम गर्दै आएको ओमानले दुवै देशलाई फेरि वार्ता थाल्न अपिल गरेको समयमा गरिएको हो ।

ओमानका विदेशमन्त्री बद्र अलबुसैदीले बहराइनमा आयोजित आईआईएसएस मनामा संवाद सम्मेलनमा भने, “हामी इरान र अमेरिकाबीच वार्ताको पुनरागमन चाहन्छौँ ।”

आइतबार इरान सरकारका प्रवक्ता फातिमा मोहजेरानीले तेहरानलाई कूटनीति पुनर्स्थापनाका निम्ति सन्देश प्राप्त भएको बताए पनि यसबारे विस्तृत जानकारी दिइनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ