काठमाडौँ, १२ कार्तिक । कलाकार कविता नेपालीले जेठ पहिलो साता ८ हजार मिटरभन्दा दुई अग्ला हिमाल सगरमाथा र ल्होत्से आरोहण गरिन् ।
सगरमाथा आरोहणको २४ घण्टाभित्रै ल्होत्से आरोहण गरेर उनले आफ्नो साहस प्रदर्शन गरिन् ।
प्रशंसकले कवितालाई दुई अग्ला हिमाल आरोहणलाई फिल्ममा समेट्न आग्रह गर्दै आएका थिए । प्रशंसकको आग्रहलाई मान्दै नेपालीले दुई हिमालको डकुमेन्ट्री दर्शकमाझ ल्याएकी छन् ।
 
							


 
                            

 
							                	 
							                	 
							                	 
							                	 
							                	 
							                	 
							                	 
							                	
 
                