पुरुष फुटबल टिमको प्रशिक्षणमा खड्का नियुक्त

काठमाडौँ, १४ कार्तिक । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको प्रशिक्षण जिम्मेवारी पूर्वखेलाडीसमेत रहेका हरि खड्काले पाएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार खड्कालाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको जनाएको हो । 

एन्फाका महासचिव किरण राईले खड्कालाई नियुक्ति पत्र प्रदान गरेका हुन् । खड्का एन्फाका प्राविधिक निर्देशकसमेत हुन् । 

खड्काले यसअघि २०७५ सालमा नेपाली महिला टिमको प्रशिक्षण जिम्मेवारीसमेत सम्हालेका थिए । खड्का नेपाली राष्ट्रिय टिमबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीसमेत हुन् । उनले राष्ट्रिय टिमबाट कुल १३ गोल गरेका छन् । 

खड्कासँगै निराजन रायमाझी र अञ्जन विष्टले पनि समान १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि