गाजामा भग्नावशेष हटाउन १५ वर्ष लाग्ने

एजेन्सी, २८ असोज । यतिबेला गाजापट्टी कुनै भूगोल नभएर बारूदले क्षतविक्षत मानव पीडाको प्रतीक बनेको छ ।

इजरायलले विगत दुई वर्षमा यहाँ झन्डै २ लाख टन बराबरको विस्फोटक पदार्थ खसालेको छ । यो भनेको १३ वटा आणविक बमको संयुक्त शक्ति बराबरको बारुद हो । यी आक्रमणका क्रममा १ लाख भन्दा धेरैको ज्यान गयो ।

संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)ले गएको अक्टोबरमा प्रकाशित गरेको ‘गाजाको पुनर्निर्माण सूचकांक’को शीर्षकको प्रतिवेदनअनुसार गएको दुई वर्षमा गाजामा १ लाख ५ हजार ८०० भन्दा बढी भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । यहाँका प्रत्येक १० मध्ये ८ ओटा भवनहरू भग्नावशेष भएका छन् । 

गाजा बस्न योग्य नै छैन । ९० प्रतिशत बासिन्दाको घर या त भत्किएका छन वा बस्न योग्य नै छैनन् । ९५ प्रतिशतभन्दा बढी बहुतले भवनहरू ध्वस्त भएका छन् । यूएनडीपी र विश्व बैंकको संयुक्त सर्वेक्षणले गाजामा अहिले ६ करोड टनभन्दा बढी भग्नावशेष रहेको बताएको छ । यो भनेको सरियाली युद्धको समयमा अलेप्पोमा भएको कुल विनाशको तीन गुणा हो ।

भग्नावशेष हटाउने २४ अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ । यो भनेको प्यालेस्टिनी वार्षिक जीडीपीको चार गुणा हो । हालको स्रोतहरूको आधारमा  कुनै पनि नयाँ निर्माण सुरु हुनु अघि भग्नावशेष हटाउन मात्र १२ देखि १५ वर्ष लाग्ने इन्जिनियरिङ काउन्सिलले अनुमान गरेको छ । यी सबै तथ्यले गाजाको पुनर्निर्माण कत्तिको चुनौतीपूर्ण छ भन्ने देखाउँछ ।

विनाशको सबैभन्दा भयानक पक्ष मानवीय जीवनको क्षति हो । संयुक्त राष्ट्र मानवीय राहत एजेन्सी, डब्ल्यूएचओ, र यूएनआरडब्ल्यूएले २०२५ को अक्टोबरमा निकालेका रिपोर्टहरूका अनुसार गाजामा झन्डै १ लाख ५२ हजार मानिस मारिएका छन् । यी मध्ये एक् लाख ८ हजार मानिसको मृत्यु पुष्टि भएको छ । बाँकी पुरिएको वा बेपत्ता छन् । 

घाइतेहरूको संख्या ३ लाख ७२ हजारभन्दा भन्दा बढी छ, जसमध्ये ६० प्रतिशतभन्दा बढी महिला र बालबालिका छन् । मृत्यु हुनेमा ४२३ स्वास्थ्यकर्मी, १७९ पत्रकार र २४७ संयुक्त राष्ट्र संघका राहतकर्मी छन् । कर्तव्य पालना गर्ने क्रममा यिनीहरू आक्रमणको सिकार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । न्याय सेवा आयोगले नेपाल न्याय सेवा अन्तर्गत न्याय, कानुन र सरकारी वकिल समूहको राजपत्राङ्कित प्रथम र

काठमाडौँ, २९ असोज । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्  पुनर्स्थापनाको विषयमा राष्ट्रिय सहमति जुटाउनका लागि बोलाएको प्रमुख राजनीतिक दलहरूको

सप्तरी, २९ असोज । पत्रकार हुँ भन्दै डीएसपीसम्मैलाई फोन गरेर  गालीगलौज गरेको आरोपमा सिरहाको लहान नगरपालिका-२४ घर भइ काठमाडौंको कीर्तिपुर

काठमाडौँ, २९ असोज । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)को  केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बिहान ११ः३० बजे