काठमाडौँ, २७ असोज । उदयपुरको चौदन्डीगढी- ७मा सर्पको टोकाइबाट एकजना वृद्धाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टरका अनुसार सर्पको टोकाइबाट चौदन्डीगढी नगरपालिका–७ प्रगति टोल बस्ने ७५ वर्षीया भगवती बञ्जराको मृत्यु भएको हो ।
गत साउन २५ गते बेलुका ५ बजे आँगनमा फोहोर सफाइ गर्ने क्रममा ती वृद्धालाई सर्पले दाँहिने हातको औंलामा टोकेको थियो । उनलाई उपचारका लागि सुरूमा चौदण्डीगढीस्थित नगर अस्पतालमा लगिए पनि त्यहाँ उपचार हुन सकेको थिएन ।
गाइघाटस्थित भुल्केस्थित आर्मी क्याम्प, आर्मी क्याम्पले पनि नसकेपछि त्यहाँबाट पनि जिल्ला अस्पताल र जिल्ला अस्पतालले आईसीयूमा राख्नुपर्छ भनेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । धरान लैजाँदा धेरै ढिला भइसकेको थियो । धरानमा उपचारको क्रममा आइतबार साँझ उनको मृत्यु भएको हो ।