काठमाडौँ, २७ असोज । बजार मापक नेप्से परिसूचक ४४.२५ अंकले बढेर बन्द भएको छ ।
आज नेप्से परिसूचक १.७६ बढेर २,५४७.६० विन्दुमा बन्द भएको हो । आइतबार नेप्से ३.०५ प्रतिशतले घटेको थियो ।
सेयर कारोबार रकम घटेर चार अर्ब ९७ करोड ५४ लाख रुपैयाँको खरिदबिक्री भएको छ । आइतबार ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । कारोबार रकम साढे एक अर्बभन्दा बढीले घटेको हो ।
आज २०० कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ४४ कम्पनीको सेयरमूल्य घटेको छ । आठ कम्पनीको सेयरमूल्य स्थिर छ ।
नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बिमा कम्पनी र किस्ट माइक्रो इन्स्योरेन्स सेयरमूल्य १० प्रतिशतले बढेको छ ।