काठमाडौँ, २७ असोज । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका लागि अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडर घोषणा गरेको छ ।
सो अवसरमा कम्पनीले नयाँ ३६० डिग्री क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा” सार्वजनिक गरेको छ ।
क्याम्पेनले स्वतन्त्रता, निष्पक्षता र पारदर्शितालाई केन्द्रमा राख्दै इनड्राइभको पियर–टू–पियर मोडेललाई प्रवर्द्धन गर्छ, जसअन्तर्गत यात्रु र चालकबीच प्रत्यक्ष मोलमोलाई गर्न सकिनेछ । प्रयोगकर्ताले एपमार्फत आफ्नै भाडा प्रस्ताव गर्न र चालक रोज्न सक्ने सुविधा पाउनेछन् ।
इनड्राइभका एशिया–प्यासिफिक रिजनल डाइरेक्टर मार्क टल्लीका अनुसार यो क्याम्पेनले स्वतन्त्रता, समानता र समुदायजस्ता मूल्यहरूलाई मूर्त रूप दिन्छ, र स्वस्तिमा खड्का यसका लागि उपयुक्त प्रतिनिधि हुन् ।