जापानीज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु

काठमाडौँ, २२ असोज । चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । साउनयता हालसम्म उनीहरुको मृत्यु भएको हो ।

जनस्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक कालिका नगरपालिकाका रहेका छन् ।

कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक खैरहनी वडा नम्बर ४ की महिलाको मृत्यु भएको हो ।

चितवनमा हालसम्म १७ जनामा यो रोगको सङ्क्रमण देखा परेको छ । त्यसमध्ये १० महिला हुन भने सात पुरुष रहेका छन् । उनीहरुमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षभित्रका र नौ जना ६० वर्षमाथिका रहेका छन् ।

सङ्क्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाएको हो ।

सङ्क्रमितमध्ये सात जना भरतपुरभित्रका रहेका छन् । मृत्यु भएकामध्ये एक ८९ वर्षका, अर्का एक जना ८१ वर्षका र दुई जना ७० वर्षका रहेका छन् । एक जना ३९ वर्षीय र अर्का एक जना ४२ वर्षका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । नेपालका लागि जापानका राजदूत माएदा तोरुले आज प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  सिंहदरबारस्थित

काठमाडौँ, २२ असोज । पोखराको लिचीबारी जग्गा प्रकरणमा ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौँ, २२ असोज । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक असोज २४ गते बिहान ११ बजेका

काठमाडौँ, २२ असोज । नेकपा एमालेका नेता महेश बस्नेतले संसद् पुनर्स्थापनाका लागि अदालत जाने बताएका छन् । आज पत्रकार सम्मेलनमार्फत