काठमाडौँ, २२ असोज । बजारमा स्याऊको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज स्याऊको मूल्य घटेको हो ।
आज कालीमाटी बजारमा फुजी स्याऊको मूल्य घटेको छ । हिजो मंगलबार प्रतिकिलो २ सय ८८ रुपैयाँमा किनबेच भएको फुजी स्याऊको मूल्य आज ८ रुपैयाँ घटेर २ सय ८० रुपैयाँ कायम भएको छ ।