काठमाडौँमा नगद र गरगहना चोरी

काठमाडौँ, २२ असोज । काठमाडौँमा घर मालिक र डेरामा बस्नेको कोठाबाट नगद तथा गरगहनासहित करिब १ लाख ४४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

काठमाडौँ महानगरपालिका-१६, वनस्थली बस्ने लालपुरा रोक्काको घर र सोही घरमा डेरा गरी बस्ने तनहुँ गण्डकी गाउँपालिका-५ घर भएका ३१ वर्षीय तेज बहादुर गुरुङको कोठाबाट उक्त चोरी भएको हो। चोरी मंगलबार दिउँसो भएको प्रहरीले जनाएको छ ।

चोरी भएको धनमालमा नगदका साथै चाँदीका विभिन्न गरगहनाहरू रहेको खुलेको छ । प्रहरीले घटनामा संलग्न हाल फरार रहेका व्यक्तिहरूको खोजी गरिरहेको छ र यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । नेपालका लागि जापानका राजदूत माएदा तोरुले आज प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  सिंहदरबारस्थित

काठमाडौँ, २२ असोज । पोखराको लिचीबारी जग्गा प्रकरणमा ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौँ, २२ असोज । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक असोज २४ गते बिहान ११ बजेका

काठमाडौँ, २२ असोज । नेकपा एमालेका नेता महेश बस्नेतले संसद् पुनर्स्थापनाका लागि अदालत जाने बताएका छन् । आज पत्रकार सम्मेलनमार्फत