काठमाडौँ, २२ असोज । सुनसरीमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
कोशी गाउँपालिका-१ लौकहीस्थित एक गोदाम घरमा जुवा खेलिरहेको सूचनाको आधारमा उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका-१ बस्ने ५२ वर्षीय रमानन्द महतो समेत ७ जना छन् । उनीहरूको साथबाट नगद १ लाख ९० हजार ५ सय ९० रुपैयाँ र १६ बुक तास पनि प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।