ज्योति मगरको प्रश्न : कलाकारको सम्पत्ति शुद्धीकरण हुन्छ कि हुँदैन ?

काठमाडौँ, २० असोज । गायिका ज्योति मगरले कलाकारको सम्पत्ति पनि शुद्धीकरण हुनुपर्ने बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपाल सरकारको कोषबाट जनचेतनामूलक कार्यक्रमका लागि करोडौँ बजेट लिने र २, ४ लाखको भिडियो बनाउनेहरूको सम्पत्ति शुद्धीकरण हुनुपर्ने बताएकी छन् । 

उनले लेखेकी छन्, ‘नेपाल सरकारको कोषबाट जनचेतनामूलक कार्यक्रमका लागि करोडौँ बजेट लिएर यसो २, ४ लाखको फिल्म भिडियो बनाएर बाँकी रकम सबै कुम्ल्याएर आफ्नो ठुलो ठुलो प्राइभेट कम्पनी खोल्ने कलाकार महानुभावहरूको सम्पत्ति शुद्धीकरण हुन्छ कि हुँदैन होला ?, ‘अनि उहाँहरूलाई भ्रष्टाचारी भन्न मिल्छ कि मिल्दैन होला ?।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । न्याय सेवा आयोगले नेपाल न्याय सेवा अन्तर्गत न्याय, कानुन र सरकारी वकिल समूहको राजपत्राङ्कित प्रथम र

काठमाडौँ, २९ असोज । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्  पुनर्स्थापनाको विषयमा राष्ट्रिय सहमति जुटाउनका लागि बोलाएको प्रमुख राजनीतिक दलहरूको

सप्तरी, २९ असोज । पत्रकार हुँ भन्दै डीएसपीसम्मैलाई फोन गरेर  गालीगलौज गरेको आरोपमा सिरहाको लहान नगरपालिका-२४ घर भइ काठमाडौंको कीर्तिपुर

काठमाडौँ, २९ असोज । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)को  केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बिहान ११ः३० बजे