सेतो पुतलीबाट सचेत रहन आग्रह

काठमाडौँ, १९ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका शापू सेतो पुतलीबाट सचेत रहन आग्रह गरेको छ ।  

शापू एक दृष्टिनाशक रोग हो । प्राय वर्षायाम पछि भदौदेखि मंसिर महिनासम्म विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रूपमा देखिने गरेको छ । 

मन्त्रालयका अनुसार यो रोगको लक्षणहरू देखा परेको २४ देखि ४८ घण्टाभित्र उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ । यो सबै उमेरमा देखिन्छ विशेषगरी बालबालिकामा बढी देखिन्छ । 

हालसम्म सेतो पुतली (मोथ) लाई शापूको कारक मानिएको छ, तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ ।

लक्षणहरू:

– एक्कासि एउटा मात्र आँखा रातो हुनु र चिप्रा नलाग्नु

 –उज्यालोमा हेर्न नसक्नु

 –आँखा दुख्नु

– उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु

 –आँखाको दृष्टिमा तत्कालै कमी हुनु 

रोकथाम

     –सेतो पुतलीको संसर्गबाट टाढै रहने

     –धेरै उज्यालो सेतो बत्ती नबाल्ने

     –साँझ र राती झ्याल ढोका बन्द गर्ने

     –सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने

     –सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग

एजेन्सी, २१ असोज । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । वायुसेनाका अनुसार एटीआर–४२

एजेन्सी, २१ असोज । यमनमा जारी झडपका क्रममा पछिल्लो २४ घण्टामा सरकारी सेनाका जवान र इरानसमर्थित हुथी विद्रोही गरी २७०

काठमाडौँ, २१ असोज । नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त