मालपोतका खरिदार दुई लाख घुससहित पक्राउ

काठमाडौँ, १८ भदौ । मालपोत कार्यालय धुलिखेलमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेपलाञ्चोक जिल्ला दोलालघाटको जग्गा फिल्ड बुकमा दर्ता छुट भएको र जग्गाधनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार, भण्डारीलाई सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकम र मोबाइल फोनसहित मालपोत कार्यालयको परिसरमै नियन्त्रणमा लिइएको हो । आयोगले त्यसबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका