७ दिनमा २३१ जनामा डेंगु सङ्क्रमण पुष्टि

काठमाडौँ, १७ भदौ । पछिल्ला सात दिनको अवधिमा मात्रै २ सय ३१ जना नयाँ डेंगु सङ्क्रमित थपिएका छन् । 

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अनुसार पछिल्लो गएका २४ घण्टामा ३७ जनामा डेंगु पुष्टि भएको छ । हालसम्म डेंगुबाट २ जनाको मृत्यु भएको छ । 

देशका ७४ जिल्लामा डेंगुको सङ्क्रमण देखिएको दिएको छ । देशभर डेंगुका सङ्क्रमितको संख्या ३ हजार ७ सय ४० पुगेको छ ।

ईडीसीडीको आंकडामा सात प्रदेश मध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा सङ्क्रमित पुष्टि भएको  छ । गण्डकी प्रदेश १ हजार २८, बागमती प्रदेश ७८३, लुम्बिनी प्रदेश ६४९ र कोशी प्रदेश ६२७ सङ्क्रमित पुगेका छन् । पछिल्लो सात दिनमा भने बागमती प्रदेशमा ५५, गण्डकीमा ५०, कर्णालीमा ४१ र लुम्बिनीमा ३६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने जस्ता डेंगुका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह लिन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित