काठमाडौँ, १७ भदौ । तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । ३६ जिल्लाका ११३ जनामा संक्रमित फैलिँदा २३ जनाको ज्यान गएको छ ।
परिवार कल्याण महाशाखाका अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार जापानिज इन्सेफलाइटिस विगत तीन वर्षयता आक्रामक रूपमा देखिएको छ ।
महाशाखाक अन्सुअर विगतका वर्षमा जेई संक्रमण देखिए पनि मृत्युदर उच्च थिएन । हाल भने मृत्यु संख्या ह्वात्तै बढेको छ । अघिल्लो वर्षमा संक्रमितमध्ये २९ प्रतिशतको मृत्यु भएको थियो । यस वर्ष पनि उही अनुपातमा मृत्यु भइरहेको छ ।
गत वर्ष ८६ संक्रमितमध्ये २५ जनाले ज्यान गुमाएका थिए । यसवर्ष सबैभन्दा बढी प्रभावित प्रदेशहरू लुम्बिनी, मधेश, कोशी, गण्डकी र बागमती छन् ।






