फोहोर व्यवस्थापनका लागि अब ‘सफ्टवेयर’ प्रणाली

काठमाडौँ, १६ भदौ । नेपालको फोहोरमैला व्यवस्थापनलाई आधुनिक र स्मार्ट बनाउन ‘नेपाल टेक मार्केट’ ले एक नयाँ ‘सफ्टवेयर’ प्रणाली सार्वजनिक गरेको छ ।

यो प्रणाली सोलिड वेष्ट एसोसिएसन म्यानेजमेन्ट नेपाल, अपकोड नेपाल र नेपाल टेक मार्केटको सहकार्यमा विकास गरिएको हो ।

नेपाल टेक मार्केटका प्रमुख कार्यकारी अधिकृत चीरञ्जीवी अधिकारीले यो पहल प्रविधि मात्र नभई सामाजिक जिम्मेवारीसँग जोडिएको बताएका छन् । उनले फोहोरलाई समस्या मात्र नभई यसलाई पुनःप्रयोग र पुनःचक्रण गरेर दिगो समाधान सिर्जना गर्ने अवसरको रूपमा लिनुपर्नेमा जोड दिए ।

यो प्रणालीमार्फत प्रत्येक फोहोर व्यवस्थापन कम्पनी, फोहोर उत्पादन गर्ने सङ्घसंस्था र घरहरूबिच अन्तरसम्पर्क गर्न सकिनेछ। यसका केही मुख्य विशेषताहरू यस प्रकार छन्:

  • अनलाइन भुक्तानी: फोहोर व्यवस्थापनका लागि लाग्ने शुल्क अनलाइन भुक्तानी गर्न सकिन्छ।
  • नगरपालिकाको ड्यासबोर्ड: नगरपालिकाका लागि छुट्टै ड्यासबोर्ड उपलब्ध गराइएको छ, जसबाट उनीहरूले आफ्नो नगर वा वडामा भइरहेका फोहोर व्यवस्थापन गतिविधिहरू निगरानी गर्न सक्छन् ।
  • जीपीएस प्रणाली: फोहोर बोक्ने सवारी साधनहरूमा जीपीएस प्रणालीको उपयोग गरिएको छ, जसले गर्दा व्यवस्थापन अझ प्रभावकारी हुन्छ ।
  • फोहोरको वर्गीकरण: यस प्रणालीले फोहोरको वर्गीकरणअनुसार व्यवस्थित पुनःउपयोगमा पनि जोड दिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित