हैजा संक्रमित उपचाररत अस्पतालमा पुगे गृहमन्त्री

काठमाडौँ, १५ भदौ । गृहमन्त्री रमेश लेखकले पर्साको वीरगन्जस्थित विभिन्न अस्पतालमा उपचाररत हैजा संक्रमित बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

स्वास्थ्य उपचारमा भइरहेको प्रयासबारे पनि उनले जानकारी लिएका गृह मन्त्रालयले जनाएको छ ।

उनले नारायणी, तराई अस्पताल र वीरगन्ज हेल्थकेयरमा उपचाररत बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । शनिबार साँझ उनी वीरगन्ज पुगेका थिए ।

गृहमन्त्री लेखकले वीरगन्जमा फैलिएको हैजा महामारी नियन्त्रणका निम्ति नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताए । महामारी नियन्त्रणका निम्ति सरकार गम्भीर रहेको उनले उल्लेख गरे । अस्पताल प्रशासनबाट माग भए सुरक्षा निकायबाट तत्काल जनशक्ति र औषधि उपलब्ध गराइने उनको भनाइ थियो ।

हैजा पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सरकारले विशेषज्ञसँग सल्लाह गरेर मूल कारण पहिचान गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्