हैजा संक्रमित उपचाररत अस्पतालमा पुगे गृहमन्त्री

काठमाडौँ, १५ भदौ । गृहमन्त्री रमेश लेखकले पर्साको वीरगन्जस्थित विभिन्न अस्पतालमा उपचाररत हैजा संक्रमित बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

स्वास्थ्य उपचारमा भइरहेको प्रयासबारे पनि उनले जानकारी लिएका गृह मन्त्रालयले जनाएको छ ।

उनले नारायणी, तराई अस्पताल र वीरगन्ज हेल्थकेयरमा उपचाररत बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । शनिबार साँझ उनी वीरगन्ज पुगेका थिए ।

गृहमन्त्री लेखकले वीरगन्जमा फैलिएको हैजा महामारी नियन्त्रणका निम्ति नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताए । महामारी नियन्त्रणका निम्ति सरकार गम्भीर रहेको उनले उल्लेख गरे । अस्पताल प्रशासनबाट माग भए सुरक्षा निकायबाट तत्काल जनशक्ति र औषधि उपलब्ध गराइने उनको भनाइ थियो ।

हैजा पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सरकारले विशेषज्ञसँग सल्लाह गरेर मूल कारण पहिचान गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित