अस्पताललाई व्यवस्थित बनाउन सरकारले आवश्यक सहयोग गर्छ: मन्त्री पौडेल

मोरङ, ८ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मिक्लाजुङ गाउँपालिकास्थित मिक्लाजुङ अस्पताललाई व्यवस्थित बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार बालमैत्री अस्पताल भवनको उद्घाटन गर्दै उनले सहज सेवा प्रवाहका लागि चाँडै व्यवस्थित परीक्षण प्रयोगशाला बनाउन आवश्यक उपकरण र अन्य सुविधा उपलब्ध गराउने बताएका हुन् ।

मन्त्री पौडेलले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) सँग देशका विभिन्न एक सय स्थानमा प्रयोगशाला बनाउने सम्झौता भएको र त्यसमध्ये मिक्लाजुङ अस्पतालमा पनि व्यवस्थित प्रयोशाला बनाइने घोषणा गरे । उनले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार सरकारको प्राथमिकता रहेको बताए । 

सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा करिब रु एक करोड ९८ लाख ६१ हजार २८३ को लागतमा यहाँ बालमैत्री अस्पताल भवन निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र