पिउने पानीमा भेटियो फिकल कोलिफर्म, सचेत रहन आग्रह

काठमाडौँ, २३ साउन । ललितपुर जिल्लामा परीक्षण गरिएको पानीको नमुना फिकल कोलिफर्म रहेको भेटिएको भएको छ ।

जनस्वास्थ्य कार्यालय ललितपुरले जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको पानीका नमुनामा फिकल कोलिफर्म देखिएको ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए ।

परीक्षणका लागि सङ्कलन गरिएका २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पुष्टि भएको डा. पौडेलले बताए । परीक्षणका लागि गोदावारी नगरपालिका, माहाँकाल गाउँपालिकाको गोटीखेल र पँधेरे खोलाबाट ल्याएको जारको पानीको नमुना परीक्षण गरिएको थियो ।

नमुना परीक्षणको क्रममा भेटिएको फिकल कोलिफर्म मानिसको दिसामा पाइने जीवाणु हो । यसरी दूषित पानी पिउँदा झाडापखाला र हैजा टाइफाइड लगायतका सरुवा रोग फैलन सक्ने भएकाले सचेत हुन प्रमुख डा. पौडेलको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी