प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

टीकापुर, १ साउन । टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा  प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो । 

नगर प्रमुख रामलाल थारुले दुई महिनाअघिदेखि पालिकालाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै  प्लाष्टिकजन्य वस्तुको प्रयोग हुन नदिन स्थानीय राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र सङ्घ संस्था, पत्रकार र समाजसेवीलाई आग्रह गरे। 

नगरपालिकाको निर्णयविपरीत प्लाष्टिकका झोला बिक्रेतालाई प्रथम पटक रु एक हजार, दोस्रो पटक  रु तीन हजार र तेस्रो पटक रु पाँच हजार जरिवाना हुने उनले बताए । 
    
त्यसैगरी, प्लाष्टिकका झोला प्रयोग गर्नेलाई पहिलोपटक रु १० रु ५० र तेस्रो पटक  रु १०० जरिवाना लिइने छ । प्लाष्टिकको झोला उत्पादन गर्नेलाई पहिलो पटक रु दुई हजार, दोस्रो पटक रु चार हजार र तेस्रो पटक  रु छ हजार जरिवाना हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४२ सय रुपैयाँले

काठमाडौँ, २० साउन । सर्लाहीको पर्सा गाउँपालिका-६ स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।

काठमाडौँ, २० साउन । गुल्मी जिल्लाका दुई फरक स्थानबाट बेवारिसे अवस्थामा भरुवा बन्दुक तथा त्यससँग सम्बन्धित सामग्री बरामद भएको छ

काठमाडौँ, २० साउन । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला सुरक्षा