डेंगु सचेतना राष्ट्रिय अभियान घोषणा

काठमाडौँ, ३२ असार । स्वास्थ्य मन्त्रालयले डेंगु संक्रमण नियन्त्रण गर्न डेंगु सचेतना राष्ट्रिय अभियान घोषणा गरेको छ ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण गर्नका लागि श्रावण महिनालाई डेंगु सचेतना महिनाका रुपमा राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।  

डेंगु सचेतना राष्ट्रिय अभियान घोषणा गर्दै स्वास्थ्य मन्त्री पौडेलले श्रावण महिनाबाट डेंगु संक्रमणको जोखिम हुने भएकाले सचेतना अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । 

डेंगु संक्रमणबाट आम नागरिकलाई जोगाउने दायित्व सरकारको भएकाले त्यसलाई पुरा गर्न डेंगु सचेतनाबाहेक अरु कुनै बिकल्प नरहेको उनले बताए । 

मन्त्री पौडेलले लामखुट्टे र लार्भा उत्पादन हुने आधारलाई नष्ट गर्न अवको चार महिना सवै नागरिकका साथै निकायहरु सजक हुनुपर्ने धारणा राखे ।  डेंगु सचेतना राष्ट्रिय अभियान कार्यान्वयनको बिषय सरकारको मात्रै समाजको पनि भएकाले सवै एक भएर डेंगुमा केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित