काठमाडौँ, २६ असार । पछिल्लो एक सातामा देशभर ८६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार ६ प्रदेशमा ८६ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
डेंगु देखिएका प्रदेशमध्ये गण्डकीमा सबैभन्दा बढी ३१ जना संक्रमित थपिएका हुन् । यस्तै क्रमशःबागमतीमा २३, लुम्बिनीमा १५, कोशीमा ७, सुदूरपञ्चिम ७ र मधेश प्रदेशमा ३ जना डेंगु संक्रमित भएका महाशाखाले जनाएको छ ।





