रामेछाप पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

काठमाडौँ, २६ असार । रामेछाप पूर्ण खाेप सुनिश्चित भएकाे जिल्ला घोषणा भएको छ ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले हिजो रामेछापलाई पूर्ण खोप दिगोपना सुनिश्चितता गरेका हुन् ।

कार्यक्रममा मन्त्री थापामगरले सबै खोप सेवा र स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने गरी आवश्यक बजेटको विनियोजन गरेको र स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए ।

जनस्वास्थ्य कार्यालय रामेछापले जिल्लाका आठ वटै पालिकाका ६४ वटै वडामा रहेका १६ वर्षदेखि २३ वर्ष उमेर समूहका बालबालिकाहरूलाई आवश्यक पर्ने सबै किसिमको खोप लगाउने काम सकेको छ ।

त्यस्तै बालकालिकाहरूलाई जन्मेको १५ महिनाभित्र लगाइसक्नुपर्ने सबै खोप लगाइसकेर विभिन्न ८८ वटा सूचक पार गरेसँगै रामेछाप जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकले पूर्ण खोप दिगोपना सुनिश्चितता भएको जिल्ला घोषणा गर्ने गरी निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र