ललितपुर महानगर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

ललितपुर, १९ असार । ललितपुर महानगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।

‘स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले महानगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो ।

जिल्ला खोप समन्वय समितिको अध्यक्षमा जिल्ला समन्वय समितिका अध्यक्ष हुने व्यवस्था छ । जिल्ला खोप समन्वय समितिमा सदस्य सचिव एवम् जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा.भुवन पौडेलले नगर प्रमुख चिरीबाबु महर्जनलाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरे । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्