डेंगी सङ्क्रमितको संख्या १६ सय नाघ्यो

काठमाडौँ, १९ असार । डेंगी सङ्क्रमितको संख्या १६ सय ७३   पुगेको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सातै प्रदेशमामा डेंगी सङ्क्रमितको संख्या क्रमशःबढ्दै गएको छ । गएको एक सातामा ७१ वटा नयाँ डेंगीका केस पुष्टि भएको छ ।

सबैभन्दा धेरै २० जना गण्डकी प्रदेशमा र कम १ जना कर्णालीमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, १५ कोसी, १५ बागमती, १२ लुम्बिनी, ५ मधेस, ३ सुदूरपञ्चिममा रहेको छ । 

गएको पुस महिनायता सात प्रदेशमध्ये बागमती प्रदेशमा बढी सङ्क्रमित छन् भने कम मधेस प्रदेशमा सङ्क्रमित भएको पाइएको छ । सङ्क्रमितको संख्या क्रमशः  ४ सय ४ बागमती, ३ सय ५८ गण्डकी, ३ सय ३४ कोसी, २ सय ७८ लुम्बिनी, २ सय ३२ सुदुरपञ्चिम, ३६ कर्णाली र ३१ मधेस प्रदेशमा डेंगी सङ्क्रमण पुष्टि भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र