कालिकोटका ६ स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा

कालिकोट, ११ असार । कालिकोटका ६ वटा स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ ।

६ वटा गाउँपालिका र ३ वटा नगरपालिका रहेको कालिकोटमा मंगलबार रास्कोट नगरपालिकालाई  पूर्ण खोपयुक्त घोषणा गरिएको छ ।

यसअघि महाबै, शुभकालीका, नरहरिनाथ, सान्नी त्रिवेणी र पचाल झरना गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा.भीष्म प्रसाद पोखरेलले बताए । उनका अनुसार खाँडाचक्र, तिलागुफा नगरपालिका र पलाता गाउँपालिका गरी ३ वटा स्थानीयलाई यसै साता घोषणा गर्ने तयारी छ ।

मंगलबार रास्कोट नगरपालिकामा आयोजित घोषणा सभामा बोल्दै नगर प्रमुख धर्मराज शाहीले खोप बालबालिकाको जीवन रक्षा गर्ने प्रमुख माध्यम भएकाले टोल टोलमा स्वास्थ्यकर्मी परिचालन गरी खोज र खोप अभियान चलाइएको बताए ।

१६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेर भित्र पर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चितता गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित