डोटीका सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा

डोटी, ६ असार । डोटीका नौवटै पालिका पूर्णखोप सुनिश्चित घोषणा भएका छन् । सबै तहले बालबालिकालाई लक्षित गर्दै पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार दुई नगरपालिका र सात गाउँपालिकामध्ये दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, आर्दश गाउँपालिका, सायल गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, जोरायल गाउँपालिका, बड्डीकेदार गाउँपालिका, पूर्वीचौकी गाउँपालिका र के आई सिंह गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा भएको हो ।

स्थानीय तहहरुले ‘खोज र खोप’ अभियान सञ्चालन गरी १६ देखि ५९ महिनासम्मका बालबालिकालाई छुटेका सबै खोप प्रदान गरेको जनाएको छ । प्रमुख मलासीका अनुसार ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहितको अभियान सफल भएपछि पालिकाहरुलाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्