१५ वटा अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार

काठमाडौँ, ३ असार । सरकारले मुटु रोग सम्बन्धी निःशुल्क सेवा तीन प्रदेशका १५ वटा अस्पतालहरूबाट दिने गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाग्मती प्रदेश, कोशी प्रदेश र लुम्बिनी प्रदेशका अस्पतालहरू मुटु रोग सम्बन्धी सेवा दिइरहेको छ । 

मुटुमा हुने स्वास्थ्य समस्याहरूमा महाधमनीको शल्यक्रिया, मुटुमा पेसमेकर तथा स्टेन्ट राख्नुपर्नेमा, मुटुको भल्व पूर्णरुपमा क्षति भएको उपचारको लागि एक लाखसम्मको सहुलियत दिने गर्छ । 

यद्यपि  यी स्वास्थ्य समस्या भएमा सेवा प्राप्त गर्नका लागि विपन्न बिरामीले स्थायी बसोबास भएको वडाको सिफारिस पत्रसहित सम्बन्धित अस्पतालमा जानुपर्ने स्वास्थ्य मन्त्रालय जनाएको छ ।

१५ अस्पतालहरूमा :

 बागमती प्रदेश

–वीर अस्पताल

–त्रि.वि शिक्षण अस्पताल महाराजगन्ज

–पाटन अस्पताल

–कान्ति बाल अस्पताल

–शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र

–मनमोहन कार्डियो महाराजगन्ज

–मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर

–चितवन मेडिकल कलेज,चितवन

–बयोदा अस्पताल, बल्खु

–धुलिखेल अस्पताल काभ्रे

–भरतपुर अस्पताल भरतपुर

कोशी प्रदेश

–वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

–नोबेल मेडिकल कलेज विराटनगर

–न्युरो कार्डियो मल्टिस्पेसियालिटी

लुम्बिनी प्रदेश

–गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने भएको छ । आगामी साउन २५ गतेबाट पार्टीको

काठमाडौँ, २० साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै पनि हालतमा एलपीजी ग्याँसको अभाव हुन

काठमाडौँ, २० साउन । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरू सार्वजनिक भएको छ  । सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा

काठमाडौँ, २० साउन । एमाले उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालय र नेताको निवास विश्वासको केन्द्र हुनुपर्ने बताएका छन् । एमालेका अध्यक्ष