शुभकालिका गाउँपालिका पूर्ण खोपयुक्त घाेषणा

काठमाडौँ, ३० जेठ । कालिकोटको शुभकालिका गाउँपालिकालाई पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएकाे छ ।

‘श्राेतकाे उपयाेग स्वामित्व र सहभागिता पूर्ण खाेप पालिका हाम्रो प्रतिबद्वता’ भन्ने मुल नाराका साथ गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीकाे सभा अध्यक्षतामा बिहीबार घाेषणा गरिएको हाे ।

गाउँपालिकाका ८ वटै वडामा सबै बालबालिकालाई खोप लगाएपछि शुभकालिकालाई पूर्ण खोपयुक्त पालिका घाेषणा गरिएको स्वास्थ्य शाखा प्रमुख गणेश बहादुर शाहीले बताए ।

पूर्णखोप सुनिश्चितताका लागि सबै वर्गलाई आवश्यक पर्ने सम्पूर्ण खोपहरू उपलब्ध गराई सुनिश्चितता गरिएपछि घोषणा गरिएको हाे । खोप सुनिश्चिततालाई दीर्घकालीन रूपमा गाउँपालिकाले निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।

गाउँ पालिकाको केन्द्र सुकाटीयामा बिहीवार आयोजित ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा’ मा बोल्दै स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले नागरिकलाई आवश्यक सबै खोपहरू उपलब्ध गराउन पालिका सफल भए पछि घोषणा गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र