हुम्लाको तिलगाउँ उच्च जोखिममा

काठमाडौँ, ५ जेठ । लेदोसहितको पहिरोले हुम्लाको नाम्खा गाउँपालिका वडा नं.६ को तिलगाउँ उच्च जोखिममा परेको छ ।

गएको बिहीवार र शुक्रवार गाउँमा लेदोसहितको पहिरो खसेपछि गाउँमा रहेका १८ वटा घर जोखिममा रहेको जिल्ला प्रशासन कालयले जनाएको छ ।

ती घरमा रहेका ३२ जना विस्थापित भएका छन् । उनीहरु घर नजिकै सुरक्षित ठाउँमा त्रिपालमा बसेका छन् ।

स्थानीयवासीले हिमताल फुटेर पहिरो खसेको बताए पनि यसबारे पुष्टी हुन बाँकी रहेको छ ।

वडाध्यक्ष पाल्जोर तामाङले हिमताल फुट्दा लेदोसहितको पहिरो गाउँ आसपास आइपुगेको र बस्ती जोखिममा रहेको बताए ।

पहिरोले जलविद्युत आयोजनाको भवन, खानेपानीको पाइप, कुलो र बाटो बगाएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । विपद तथा जोखिमको बेलामा बालमैत्री स्थानीय शासनको बढी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । जागृति बाल तथा

काठमाडौँ, ७ असोज । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौँ

काठमाडौँ, ७ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी हुँदै ‘नियम पालना गर्ने’ अवस्थाबाट

काठमाडौँ, ७ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका