ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौँ, ३१ वैशाख । वैदेशिक रोजगारीको लागि विदेश पठाउने भन्दै ५१ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद तथा सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने २१ वर्षीय ललित बोहरा रहेका छन् ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये साउदले तीनजनालाई आयरल्यान्ड पठाउने भन्दै ४१ लाख ९० हजार र बोहराले एकजनालाई यूके पठाउने भन्दै दश लाख लिई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ बैशाख । आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । आज

काठमाडौँ, २९ चैत । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर करण केसीलाई एक खेलका निम्ति प्रतिबन्ध लगाएको छ ।  विभागीय टिम

काठमाडाैँ, १७ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न

काठमाडौँ, १३ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) सन २०२६ को खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड