युवाको अवस्था
युवा वर्तमानका साझेदारी हुन् भने भविष्यका महानायक हुन् । जब विकासको कुरा अगाडी बढाईन्छ, तब युवाको क्षमता बिस्तारमा विशेष ध्यान दिन जरुरी देखिन्छ । विकसित राष्ट्रको तुलनामा नेपालको कुल ग्रास्त उत्पादन धेरैकम रहेको छ । तर देशको कुल ग्रास्त उत्पादनको बृद्धिको लागि सरकारले युवासँग साझेदारि गरि यसको विकल्पको रुपमा कार्ययोजनाको तयार गर्नुपर्छ । युवाको क्षमता अभिबृद्धि र सशक्तिकरणका माध्यमबाट देशको परिवर्तन र विकास सम्भव छ । नेपालमा अधिकांश युवाहरु विभिन्न व्यक्ति तथा समुहद्वारा प्रयोग गरिएका छन् । यसरी अरुद्वारा प्रयोग भएका युवाहरु गलत काम वा हिंसामा फस्ने बढि सम्भावना पनि हुन्छ । करिव ३० प्रतिशत युवाहरुले मात्र सिपमुलक तालिम प्राप्त गरेका छन् ।
युवाका समस्याको पहिचान गरी देश विकासको मुल प्रवाहमा युवालाई ल्याउन सकेको खण्डमा ग्रामिण विकास सम्भव रहेको छ । अल्पकालमा हुने राष्ट्रिय आम्दानीमा सरकारले विषेश जोड दिनुपर्छ । सडक, यातायात, ऊर्जा, बैङ्क तथा बजार सुधार, घरेलु तथा साना उद्योग आदिको विकासमा सराकारले जोड दिनुपर्छ । अर्को तिर ग्रामिण विकासले पीछडिएका समुदायप्रति विषेश सरोकार राख्ने भएकाले विकासमा पीछडिएका समुदायका युवाहरुलाई विकासको बाटोमा अगाडि बढाउने प्रयत्न गर्नुपर्छ । जसको लागि पुर्वाधारको विकासमा सरकार अगाढि बढ्नुपर्ने देखिन्छ । विकासमा हरेक तह र तप्काका, समुदाय, हरेक लिङ्गका युवाको समानुपातिक सहभागिताको जोड दिनुपर्छ । सरकारले स्थान, समय तथा आवश्यकता अनुसार साधनको व्यवस्था मिलाउनु पर्दछ । शिक्षा स्वास्थ्य, खानेपानी आदि जस्ता सामाजिक पूर्वाधारको विकासमा जोड दिदै सामाजिक सुरक्षाका सवालका विषयहरुलाई प्राथमिकतापूर्वक सञ्चालन गर्नुपर्छ। जसमा विषेश प्राथमिकताको समुह भनेर युवालाई समावेश गर्नुपर्छ । यसरी युवाहरुलाई प्राथमिकताका साथ काममा लगाई विकासको अग्रगमन गतिमा समावेश गर्न सकेको खण्डमा देशको विकाससँग सँगै युवाहरुको क्षमताको विकास र रोजगारीको विकास हुने गर्छ । जसको माध्यमबाट देशको विकास द्रुत गतिमा अगाडि बढ्ने छ ।
युवाको वैदेशीक अवस्था
नेपाली युवाहरु आफ्नो जीविकोपार्जन तथा भविष्यको सम्भावना नदेखेपछि पीडालाई मुटुमाथि राखेर दैनिक करिव ९ हजार विदेशीन बाध्य छन् । त्यसमा ८ हजार फर्कने गरेका छन् भने १ हजार नेपाली युवा दैनिक विदेशमा पलायन भइरहेका छन् । त्यो पनि देशको विकास र समृद्धिको लागि प्रयोग नभई विदेशी मुलुक बनाउनमा प्रयोग भइरहेको छ । नेपालीको सीप र क्षमताले विदेशी मुलुकले विकास र समृद्धिमा कायापलट गरिसकेका छन् । वि.सं. २१०८ सालसम्म मात्र युवाको संख्या बढि रहने तथ्याङ्कले देखाउँछ भने त्यसपछि बृद्धबृद्धाको संख्या बढ्ने देखिन्छ । त्यसपछि क्रमिक रुपमा अन्य देशजस्तै केयर गिभर नेपाल ल्याउनुपर्ने अवस्था आउने देखिन्छ भने नेपालमा नै सरकारी जागिर खाने व्यक्तिको समेत अभाव हुने सम्भावना बढ्दो रहेको छ । तसर्थः युवाको सीप, क्षमता र अनुभवलाई नेपालले प्रयोग गरी विकसित मुलुक बन्ने यो नै अन्तिम र सुनौलो अवसर हो । यसलाई राज्यले अधिक मात्रामा प्रयोग गर्नुपर्छ, विदेशीलाई प्रयोग गर्ने अवस्थालाई तत्काल अन्त्य गर्नुपर्छ ।
नेपालको श्रम सर्वेक्षण अनुसार करिव ३२ लाख युवाहरु प्रत्येक वर्ष नेपाल बाहिरको श्रम बजारमा जान्छन् भने करिव २९ लाख युवाहरु देश फर्कन्छन् । त्यसमा करिव ३ लाख युवाहरु पलायन हुन्छन् । यो क्रम नियमित रुपमा चलिरहेको छ । करिव ४० लाख नेपाली युवाहरु खाडी मुलुक जस्तै मलेसिया, साउदी अरव, कतार, दुवइ, वहराइन, कुवेत आदी जस्ता मुलुकमा आफ्नो श्रम बेच्न हिडिरहेका छन् । सोहि संख्याको हाराहारिमा अभिलेखिकरण नभएका समेत यी मुलुकमा कार्यरत रहेका छन् । ती श्रमिकहरुले हालसम्म नेपालमा रेमिट्यान्स पठाएका छन्, जसले गर्दा देशको अर्थतन्त्र चलायनमान बनिरहेको छ । त्यस्तै लाखौंको संख्यामा अध्ययनको लागि विकसित मुलुकहरुमा गएका छन्, जो युवा नगन्य मात्रामा मात्र नेपाल फर्कने गर्दछन् । पलायन भएका युवाहरु उतै बसोवास गर्ने गर्दछन् । जुन रेमिट्यान्ससमेत नआउने क्रम बढ्दो छ । युवाहरुमा चेतनास्तर बृद्धि गर्न नसकिरहेको अवस्था छ । देशमा अन्योलको वातावरण सिर्जना भइरहेको अवस्थाले गर्दा पनि यसको असर युवाहरुमा पर्दै गइरहेको छ ।
राज्यको भूमिका र युवा
शिक्षा, स्वास्थ्य, रोजगार युवाको मौलिक अधिकार हो । सामाजिक, सांस्कृतिक, आर्थिक राजनैतिक हरेक क्षेत्रमा युवाको सहभागिता सुनिश्चित हुनसके मात्र दिगोपन रहन सक्छ । समुन्नत र सम्मृद्ध राष्ट्रको लागी योगदान दिनुपर्ने युवा बेरोजगारी, अशिक्षा, आर्थिक अभाव, मानसिक तनाव जस्ता कारणले देश विकासको मुलप्रवाहमा आउन सकिरहेका छैनन् । नेपालका ग्रामिण क्षेत्रमा रहेका धेरै मानिसहरु गरिवीको रेखामुनि रहेका छन् । ग्रामिण क्षेत्रमा बसोवास गर्ने मानिसहरुको जीवनस्तर सुधारका लागि सरकारले विशेष कार्यक्रमको तय गर्नुपर्छ ।
राज्यले विकासका निम्ति योजना बनाई मुलप्रवाहमा युवालाई समेट्नुपर्छ । विकास र विस्तारका लागि समावेशी तवरले योजना कार्यन्वयनमा समाबेस गर्नुपर्छ । ग्रामिण समुदायमा रहेका सम्भाब्यताको सूची बनाई त्यसको काममा युवाहरुलाई अग्रसर बनाउनुपर्छ । वातावरण संरक्षणका लागि जनचेतनाका माध्यमबाट विश्वमा बढ्दै गहिरहेको जलवायु परिवर्तको असरलाई कम गर्नका लागि युवानै प्रमुख प्रात्र रहेका छन् । ग्रामीण विकासमा युवाको सहभागिता जति महत्वपूर्ण रहन्छ त्यतिकै मात्रामा युवालाई अग्रसर गराउने कार्य महत्वपूर्ण रहन्छ । विकसित राष्ट्रको तुलनामा नेपालको कुल ग्रास्त उत्पादन धेरैकम रहेको छ । तर देशको कुल ग्रास्त उत्पादनको बृद्धिको लागि सरकारले युवासँग साझेदारि गरि यसको विकल्पको रुपमा कार्ययोजनाको तयार गर्नु पर्दछ । युवा वर्तमानका साझेदारी हुन भने भविष्यका महानायक हुन् जव विकासको कुरा अगाढि बढाईन्छ तब युवाको क्षमता बिस्तार मा विशेष ध्यान दिन जरुरी देखिन्छ ।
राज्यद्वारा युवाले संञ्चालन गरेका उद्योग तथा कलकारखानालाई निश्चित प्रतिशत दर्ता शुल्क तथा आयकरमा छुटको व्यवस्था गर्नुपर्छ, जसले गर्दा देशमा नै रोजगारी सिर्जना गरी मुलुक निर्माणको नेतृत्व गर्ने अवसर प्राप्त होस् । विभिन्न विश्वविद्यालयबाट उत्कृष्ट नतिजा ल्याई पास भएका नवयुवालाई विशेष व्यवस्था गरी रोजगारीको वातावरण तयार गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, पर्यटन, धर्मसंस्कृतिलाई उत्पादन र उद्योगसँग जोड्नुपर्छ । जसले गर्दा मानिसले रोजगार नपाउने अवस्थाको अन्त्य हुन्छ । त्यसको लागि सरकारले लगानी गर्दा अनुपत्पादक क्षेत्र जस्तैः सडक, भवनलगायतमा हैन, उत्पादनमूलक तथा कृषिक्षेत्रमा गर्नुपर्छ ।
दाहरणको नेपाल प्राकृतिक रुपमा विश्वकै सुन्दर मुलुक भित्र पर्छ, जसको लागि छिमेकी मुलुक भारत र चीनका एक प्रतिशत नागरिकलाई जन्मोत्सव र विवाहत्सवको लागि नेपाल आएर मनाउने अवस्थामात्र बनाए पनि आर्थिक समृद्धिमा नेपालले ऐतिहासिक फड्को मार्छ । जसको लागि विदेशी नागरिकलाई नेपाल आउनको लागि यातायात तथा हवाई टिकटमा छुट तथा अन्य आकर्षक योजना ल्याउन सकिन्छ । नेपालले प्रकृतिको सुन्दर मनोरम दृष्यको व्यापारसमेत गर्न सक्छ । तसर्थः नेतृत्वले युवालाई अवसर र चुनौति दुवै दिन सके असम्भव भन्ने किमार्थ हुँदैन ।
राजनीतिमा युवा
देशलाई विकसित र समृद्धि बनाउने हो भने अधिकाशं युवाहरुलाई उत्पादन र रोजगारमा जोड्नुपर्छ, राजनीतिमा सहभागिता नगन्य बनाउनुपर्छ । राजनीति भनेको राज्य, सरकार र जनताबीचको अध्ययन गर्ने शास्त्र हो । जसलाई राज्यको सर्वोच्च विज्ञान समेत हो । तसर्थः राजनीतिमा जति धेरै जनताको सामेल बनायो, त्यति धेरै भ्रष्टाचार तथा अपराधका कार्यहरु हुन्छ । राज्य सञ्चालन गर्ने असंख्य युवा हैन, सिमित र क्षमतावान बनाउनुपर्छ । जम्मा जनसंख्याको ३/४ प्रतिशत युवालाई राजनीतिमा संलग्न गराउने र क्षमता अनुसारको जिम्मेवारी दिने हो भने बाँकी सवै युवाहरुलाई उत्पादन र रोजगारमा जोड्ने योजना ल्याउनुपर्छ । युवा कसैको झोला बोक्ने मात्र हैन, देशलाई जुरुक्कै बोक्न सक्ने वातावरण बनाउनुपर्छ ।
भनिन्छ, ‘तिमी मलाई युवा देउ, म संसार बदलिदिन्छु ।’ तर नेपालमा त युवा देउ, म संसार बदलिदिन्छु हैन, भविष्य अन्धकारको यात्रा बनाइदिन्छु’ भने जस्तो देखिन्छ । युवालाई पार्टी वा कुनै समुहमा प्रयोग गर्ने र आफ्नो लक्ष्य पुरा भएपछि ‘भिरको चिण्डो, उभो न उँधो’ जस्तो बनाएको सर्वत्र देखिन्छ । तसर्थः अवसरको ढोकाहरुमा पुरानाले बाघले मासु छोड्ला तर पुराना नेतृत्वले अवसर नछोड्ने जस्तो गर्नु हुँदैन । २० वर्षका कार्यकर्तालाई मात्र अवसर दिने हैन, २० दिनको भए पनि योग्यता, क्षमता र दक्षता भएकालाई अवसरको चारैतर्फको ढोका खुल्ला राख्नुपर्छ ।
सुन्दर फूल बन्नुपर्छ, जसको बासनाले माहुरीहरु झुम्मिउन तर हामीले युवालाई फलेको फल टिप्न सिकाउने कि रुखै काट्न ? प्रकृतिसँगै असख्य आर्थिक समृद्धिको आधार छन्, त्यसलाई समात्न सिकायौं कि हावामा उड्न ? काखा कि पाखा ? विरोधको आन्दोलनमा हजारौं युवालाई प्रयोग गर्नेले त्यही युवा समृद्धिमा किन प्रयोग नगरिएको ? नेतृत्वको खुसीको लागि करोडौंका कार्यक्रम गर्दा किन त्यो खर्च उत्पादन र रोजगामूलक बनाउने योजना बनाइदैन ? पाँच करोडको लगानीमा नेतामैत्री कार्यक्रम गर्नुभन्दा उत्पादन र रोजगारमूलक कार्य गर्न किन ध्यान दिइदैन ? त्यो लगानीले ५० जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाए भने ५० परिवारका युवाले विदेशको यात्रा खोज्नु पर्दैन, ज्यानको बाजी थाप्नु पर्दैन, घरपरिवारको काखमा रुमल्लिदैं देशमा नै पसिना बगाउन पाउँछ । मानौं कि ५० हजार जनता एकै दिन काठमाडौँको सडकमा जिन्दावाद र मुर्दावादको नारा लगाउन उतार्नेले ती ५० हजार जनतालाई काठमाडौँको सफाई, सुन्दरता, सौन्दर्यीकरण तथा पूर्वाधार विकास, क्षमता अभिवृद्धि, सशक्तिकरणमा प्रयोग गर्ने हो भने भोलीको पुस्ताले समेत इतिहास पढ्छन्, वर्तमानमा देख्छन् र प्रयोग गर्छन् । तसर्थः कसैको इतिहास बनाउनलाई, हाम्रो पुस्ताको वर्तमान विगार्ने कार्य गर्नु नै युवाको भाग्य र भविष्य अन्धकारको बाटो निर्माण गर्नु हो ।
पूर्वीय–पाश्चात्य दर्शन र मानव जीवनमा प्रभाव
पूर्वीय दर्शनले अध्यात्म र प्रकृतिको विश्लेषण गर्ने गरेको छ भने पाश्चात्य दर्शनले अध्यात्म र विज्ञानलाई विश्लेषण गर्ने गरेको छ । पूर्वीय दर्शन विश्वकै सवैभन्दा पुरानो दर्शन हो भने पाश्चात्य दर्शन आधुनिक र प्रविधिमैत्री दर्शन हो । पूर्वीय दर्शनलाई आधार मानेर पाश्चात्य दर्शन तयार भएको तथ्यबाट बुझ्न सकिन्छ । पछिल्लो समय पाश्चात्य दर्शन अन्तरगत प्रविधिको विकासले विश्व बजारलाई कब्जा गर्ने अवस्था देखिएको छ ।
यतिमात्र हैन, विश्वमा तिव्र गतिमा विज्ञान र प्रविधिको विकास र विस्तार भइरहेको छ । जसले गर्दा अध्ययन, अनुसन्धान, पेशा–व्यवसाय, पत्रकारीता, विभिन्न प्रकारका खेल तथा मनोरञ्जनका प्रतियोगिता, नविनता, सिर्जनशीलता र गतिशीलताको ह्रास हुँदै गएको छ । प्रविधिको उच्चतम विकासँगै एआईको प्रयोग अहिले व्यापक हुन थालेको छ । यहि तरिकाले तिव्र गतिमा प्रविधिको प्रयोग बढे अबको २५/३० वर्षमा मानवजीवनको प्रयोग प्रविधिले गर्ने हुन्छ, मानवको दिमागसमेत शुन्यतामा झर्ने देखिन्छ । तद् पश्चात मानव जीवनमा पुनः पूर्वीय दर्शन अन्तरगत योगा, ध्यान, आध्यात्म विज्ञान, धर्म, संस्कृतिलगायतका कार्यहरुले विश्व नेतृत्व गर्नेछ ।