काठमाडौँ, २९ माघ । देशभर एचपीभी खोप १० लाखभन्दा बढीले लगाएका छन् ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार अभियानमार्फत ६० प्रतिशत किशोरीले खोप लगाएका छन् । सरकारले माघ २२ गतेदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको थियो ।
देशभरका विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८ हजार ७६ किशोरीलाई खोप लगाउने सरकारको लक्ष्य छ ।
एचपीभी खोप भनेको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो ।






