निश्चिन्त भई एचपीभी खोप लगाउन नेपाल चिकित्सक संघको आग्रह

काठमाडौँ, २६ माघ । नेपाल चिकित्सक संघले एचपीभी खोपबारे कतिपय नागरिक विश्वस्त हुन नसकेको पाइएपछि  निश्चिन्त भई खोप लगाउन आग्रह गरेको छ ।

खोप विश्व स्वास्थ्य संगठनद्वारा गुणस्तरयुक्त प्रमाणित गरिएको र नेपालमा यसको प्रयोग गर्नको लागि औषधि व्यवस्था विभागले समेत अनुमति प्रदान गरेको हुनाले निश्चिन्त भई बालिकाहरूलाई खोप लगाइदिन अभिभावकलाई संघले आग्रह गरेको हो । सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८१ माघ २२ गतेदेखि फाल्गुण ०६ गतेसम्म देशव्यापी रूपमा अभियान संचालन गरिरहेको छ । 

यस अभियानमा कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूलाई खोप दिने काम भइरहेको छ । नेपालमा क्यान्सरबाट महिलाहरूको मृत्यु हुने प्रमुख कारणमा पाठेघरको मुखको क्यान्सर पहिलो देखिएको छ । पछिल्लो तथ्यांक अनुसार यो रोगबाट हरेक दिन सरदार ४ जना महिलाहरूको मृत्यु हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने खालको भिडियो अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक

काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर

काठमाडौँ, २६ असोज । अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)का ८५ अधिकृतको सरुवा तथा पदस्थापना

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।