झन्डै ५० हजार बालिकालाई एचपीभी खोप लगाइने

रौतहट, १६ माघ । रौतहटमा राष्ट्रिय खोप कार्यक्रम अभियान अन्तर्गत झन्डै ५० हजार बालिकालाई एचपीभी खोप लगाइने भएको छ ।

विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका ४९ हजार २६९ जना बालिकालाई  पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ ।

खोप कार्यक्रम अभियानका लागि जिल्लाको १८ वटै स्थानीय तहबाट तथ्याङ्क सङ्कलन गरी सोही अनुसारको जनशक्ति व्यवस्थापन गरिसकेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

खोप कार्यक्रम रौतहटमा दुई चरणमा हुने छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजेश सिंहले जिल्लाको सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा ३९ हजार र विद्यालय बाहिर रहेकाे १० हजार बढि कुल ४९ हजार २६९ जना बालिकालाई एचपीभी खोप लगाइने जानकारी दिएका छन् ।

पहिलो चरणको अभियान अन्तर्गत अगामी माघ २३ गते देखि  फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र इशनाथ नगरपालिकामा खोप कार्यक्रम सञ्चालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गर्नुभएको छ । देशमा

काठमाडौँ, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा प्रवक्ता

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा