अछाम, ११ मंसिर । जिल्ला अस्पताल अछाममा जटिल प्रकारको शल्यक्रिया सुरु भएको छ ।
पहिलोपटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको अछाम जिल्ला अस्पतालका डाक्टर अधि राज आचार्यले जानकारी दिए । उनले भने, ‘यसअघि सुर्खेत, नेपालगन्ज, धनगढीसम्म पुग्नुपर्ने बाध्यता थियो । बाजुरा घर भएका ५० वर्षका पुरुषलाई पेट दुख्ने समस्या देखिएपछि बाजुरा अस्पताल लगिएको थियो । उक्त अस्पतालले एपेन्डिसाइटिस सन्का गरेपछी बिरामीलाई जिल्ला अस्पताल अछाम पठाइएको थियो । उक्त अप्रेसन चिकित्सकद्वय डा. कमलेस प्रसाद यदव, डा. अधि राज आचार्य, एनेस्थेसियामा गंगा बुढा क्षेत्री, अप्रेशन थिएटर नर्सिङ ममता शाह र सहयोगी चक्र लुहार सलगायतको टिमले अप्रेसन गर्नुभएको हो ।’
यो संगै अस्पतालले एमडिजिपिले गर्न सकिने मेजर सल्यक्रिया सेवा (एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल लगायतका शल्यक्रिया) सुरु गरेको घोषण गरेको छ । यस अघि सल्यक्रियाबाट बच्चा निकाल्ने सेवा सञ्चालन हुँदै आएको थियो । अब अन्य सेवा पनि बिस्तार भयका छन् । यो सेवा बिस्तार भएसंगै अछामका मात्रै नभइ बाजुरा, दैलेख लगायत छिमेकी जिल्लाका बिरामीलाई पनि सहज हुने देखिन्छ । साथै यो सेवा सुचारु गर्न सहयोग तथा प्रेरणा दिने सम्पूर्णलाई अस्पतालले आभार प्रकट गरेको छ ।