शास्त्र र कर

शास्त्रले उल्लेख गरेनन्,
की भक्ति आफैंमा पनि
डर र कर दुइटै लुकेको हुन्छ।
भगवान प्रति को डर
र भोग र भाग लगाउने कर।
सरासर हेर्दा
यी आधुनिक कर प्रणाली भन्दा फरक छैन।
भात पकाउ
अनि थोरै चढाऊ,
केही मिठो खानु भन्दा पहिले
थोरै भगवानलाई भाग लगाऊ,
भात चढाएर खाने बेलामा
अप्सानी हाल
अनि खाउ।
ब्राह्मण वर्गले सर्वाधिक कर तिर्ने गरेको देखिन्छ
त्यसैले शास्त्रले ब्राह्मणलाई
विशेष ठाउँ दियो।
कृष्णले इन्द्रलाई कर नतिर्नू भनेर
क्रान्ति गरे
इन्द्रले देखि झार्न सकेनन
गोवर्धन पर्वतले गर्दा,
नयाँ कर प्रणाली देखियो।
त्यसैले सबै भक्तजनलाई
कर तिरि विकास गर्न
यस विश्लेषक अनुरोध गर्दछ ।

     अर्जुन दाहाल, झापा 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । बजारमा स्याऊको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज स्याऊको मूल्य

काठमाडौँ, २२ असोज । काठमाडौँमा घर मालिक र डेरामा बस्नेको कोठाबाट नगद तथा गरगहनासहित करिब १ लाख ४४ हजार ५

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, २२ असोज । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  Exchange Rate for October 8,